कोशीको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशीको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त
तस्बिर : अन्नपूर्ण

विराटनगर  : अधिवक्ता रूपेश कोइरालालाई कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ ।  विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानुनी सल्लाहकार भएर काम गर्नुपर्छ । नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले आइतबार नै पद तथा गोपनीयताको शपथ लिने छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । 

नेपाली कांग्रेसनिकट अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार हुन् । कानुन व्यवसायी कोइराला यसअघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको नियुक्त भएका थिए । 

हालका मुख्यमन्त्री केदार कार्कीले आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कोइरालालाई कानुन विज्ञ नियुक्त गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.