बागवानी क्षेत्र विस्तार गर्न सम्भाव्यता अध्ययन
मुस्ताङ : उपल्लो मुस्ताङमा बागवानी क्षेत्र विस्तार गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ। स्याउ तथा अन्य फलफूल तरकारीको नर्सरी स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो। यसका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको शाखा कार्यालयको क्षेत्र विस्तार गर्ने प्रारम्भिक तयारी छ।
बिहीबार कृषि विभाग शाखा कार्यालय स्थापनाका गर्नका लागि छलफल भएको छ। उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरु खेतीको विस्तार,प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसहित केन्द्रको शाखा कार्यालय स्थापनाका लागि प्रारम्भिक पहल सुरु गरिएको हो ।