चिनियाँ दूतावासले रत्नपार्कमा मनायो आफ्नो नयाँ वर्ष
काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावासले रत्नपार्कमा चिनियाँ नयाँ वर्ष मनाएको छ। चिनियाँ नयाँ वर्ष मनाउन आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती प्रमुख अतिथि बनेका थिए। समारोहमा राजनीतिक दलका नेताहरूसमेत सहभागी थिए।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ नयाँ वर्षको बारेमा प्रस्ट पारेका थिए। कार्यक्रममा चिनियाँ परम्परा झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।