किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा

किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा
सुन्नुहोस्

काठमाडौँ : टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरू सार्वजनिक गरेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ, जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धि भएको बताइएको छ।

कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो । नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । 

यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ । 

जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धूलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र रु.३,१९९ मा उपलब्ध छ । 

त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य २,१९९ राखिएको छ । त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिने कम्पनीले जनाएको छ।  यसको मुल्य १,८९९ रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.