निर्वाचनलाई समावेशी बनाउन केही ऐनहरू परिमार्जन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचनलाई समावेशी बनाउन केही ऐनहरू परिमार्जन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई थप समावेशी बनाउन केही ऐनहरु परिमार्जन गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले निर्वाचन आउँदा समावेशीका कुनै निकै उठ्ने भन्दै निर्वाचनलाई थप समावेशी बनाउन केही ऐनहरू परिमार्जन गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको र अन्य क्षेत्रमा पनि समावेशी हुनुपर्ने उनको भनाइ थियो। उनले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने जिकिर गरे। अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको उनले बताए। 

थपलियाले मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद बिक्रिको कल्पना गर्न नसकिने बताए। बैठकमा समिति सदस्यहरूले निर्वाचनपछि दलहरूले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको बताएका थिए। उनीहरूले संविधानको मर्मअनुसार अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.