सरकारलाई रवि लामिछानेको चुनौती : भ्रष्टाचारका फाइल खोल्ने हो भने रास्वपाबाट सुरू गरौं,अन्य दलको नखोलौं

सरकारलाई रवि लामिछानेको चुनौती : भ्रष्टाचारका फाइल खोल्ने हो भने रास्वपाबाट सुरू गरौं,अन्य दलको नखोलौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेल‍े भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद लामिछानेले भ्रष्टाचार काण्डमा प्रमाण भेटिएका व्यक्तिलाई छोडिदिने र प्रमाण नभएकालाई प्रमाण खोजेर वा नक्कली बनाएरै भएपनि समात्ने गरेको आरोप लगाए।

भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम मात्रै भएको उनको भनाइ छ।

'प्रमाण नभेटाएका मानिसको प्रमाण खोजेर भएर पनि नक्कली प्रमाण बनाएर समात्न लगाउने। छताछुल्ल प्रमाण भएका मानिसहरूलाई वरपर लिइरहने हो भने विधिको शासनका बारेमा नबोले पनि हुन्छ,'उनले भने,'नेपाली जनताले भोग्नु परेको पीडा कसैको सत्ता टिकाउनका लागि  आधार नबनोस्।'

उनले भ्रष्टाचार काण्डमा सरकारले आफ्ना वरपर नभएका व्यक्तिलाई फसाउन खोज्ने तर अन्यलाई बचाउन खोजेको गन्ध आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सभापति लामिछानले भ्रष्टाचार काण्डमा ठूलालाई बचाउने र सानालाई फसाउने हो भने भ्रष्टाचारका अन्य फाइल नखोल्न समेत सरकारलाई आग्रह गरे। उनले यदि फाइल खोल्नै परे रास्वपाका सांसदहरूको फाइल खोल्न सरकारलाई चुनौति दिए।

'सरकारले फाइल खोल्ने हो भने हाम्रो दलबाट महुँदै मेरा सांसदहरूबाट सुरू गरोस्। अर्को फाइल नखोलोस्। सरकारले फाइल खोल्ने हो भने आफ्ना मान्छे बचाउनका लागि रहेछ र आफ्ना मान्छेको फोटो आउनलाई रहेछ,'उनले भने,'सभामुखमार्फत् प्रधानमन्त्री र सरकारलाई भन्न चाहन्छु् भ्रष्टाचारलगायत सम्पूर्ण फाइलहरू रास्वबाट सुरू गरियोस् अन्य दलको नखोलियोस्।'

उनले भ्रष्टाचारका विभिन्न काण्डहरूमा सरकारले आफ्ना नेताहरूलाई जोगाउने प्रपञ्च गरिरहेको आरोप लगाए। उनले भने,'फाइल खोल्नु भनेको ललिता निवासमा देख्यौं , सुन काण्डमा देख्यौं । भुटानी शणर्थाीमा देख्यौं। अब कतिवटा चीज हेर्न बाँकी नै छ र।'

भ्रष्टाचार काण्डमा आफ्ना मान्छेहरूको अनुहार आउने वित्तिकै बन्द गरिदिने र मुद्दा कमजोर पारेर अदालतलाई फैसला गर्नको निम्ति समेत गाह्रो बनाइदिने गरेको आरोप लगाए।

सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे। बालकुमारी घटना सामान्य नभएको भन्दै उनले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.