५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन

काठमाडौं : समाजवादी मोर्चाले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन गठन गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकपश्चात नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए।
उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए। मोर्चाले गरेको कमीकमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने सहमति भएको उनले बताए। मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो त्यो हुन नसकिरहेको भन्दै आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्नेबारे छलफल भएको उनले उल्लेख गरे।
यसैगरी बैठले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकिएको छ। यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए। मोर्चाको चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने भएका हुन्।
माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
