किन सडकमा आए ट्याक्सी व्यवसायी ?

किन सडकमा आए ट्याक्सी व्यवसायी ?
तस्बिर : अन्नपूर्ण

काठमाडौं : २० वर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरूले विरोध गरेका छन् ।

null

बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरूलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो भएको जनाएको हो । 

null

 संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ,ग्यासलगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु,सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।

nullnull

त्यस्तै,उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकार्षण गराएको छ भने ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै वैज्ञानिक  तवरबाट ट्याक्सीको आयु तोकिनुपर्ने उनीहरूको माग छ ।

उनीहरुले प्रशासनिक निकायहरुबाट चालक मजदुरहरूमाथि गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत माग राखेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.