कांग्रेस महासमिति बैठक : प्रदेश संरचना बलियो बनाउनदेखि गणतन्त्रमाथि देखिएका खतरासम्मका चर्चा

कांग्रेस महासमिति बैठक : प्रदेश संरचना बलियो बनाउनदेखि गणतन्त्रमाथि देखिएका खतरासम्मका चर्चा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न प्रतिवेदनमाथि चार वटा हलमा समूहगत छलफल भएको छ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको तेस्रो दिन उपसभापित पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

समूहगत छलफलका क्रममा सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा राखेको उनले बताए। छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले आफ्नो धारणा राखेको विश्वकर्माले बताए। 

प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्‍न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्नेलगायत सुझाव आएको उनको भनाइ छ। 

सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरुले सुझाव दिएका छन्। महासमिति बैठकअन्तर्गत बिहीबार समूहगत छलफलबाट प्राप्त सुझावहरु प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने र अपरान्ह समापन समारोह गरिने कांग्रेसले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.