खाना सर्किएर पुरुषको मृत्यु
नुवाकोट : नुवाकोटको ठुलोगाउँका एक जना पुरुषको खाना सर्किएर ज्यान गएको छ। विदुर नगरपालिका-५ ठुलोगाउँका ५५ वर्षीय रस्से कुमालको आफ्नै घरमा खाना सर्किएर ज्यान गएको हो।
खाना सर्किएर अत्यधिक खोकी लागेपछि परिवारजन तथा स्थानीयवासीले उपचारका लागि नुवाकोट जिल्ला अस्पताल लगिएकोमा तत्काल चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको उनका छिमेकी तथा वडासदस्य होमबहादुर कुमालले जानकारी दिए।
शव परीक्षणका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।