प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?

प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्दैछ। यसअघि बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको थियो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संभावित कार्यसूची रहेको छ।

बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख  छ।

यसैगरी सभामुख घिमिरेले सांसद प्रेम सुवालले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नाश्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव र बैंकिङ कसुर तथा सजाय तेस्रो संशोधन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा  पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.