राष्ट्र निर्माणमा अन्य पार्टीभन्दा कांग्रेसको दायित्व बढी : सिटौला

राष्ट्र निर्माणमा अन्य पार्टीभन्दा कांग्रेसको दायित्व बढी : सिटौला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलालले संविधानको लक्ष्यअनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा  सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका हुन्।

'हामीले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई जनताो हितमा,संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ। नेपाली कांग्रेसको अरु पार्टीभन्दा बढि दायित्व छ जस्तो मलाई लाग्छ। शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी पनि कांग्रेसको काँधमा छ,'उनले भने,'अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन,बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ।'

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा,कृष्णबहादुर रोकाया र  बलदेव बोहरा निर्वाचित भएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.