बीवाईडीले ल्यायो 'नेपाली अब यूरो कपमा’ स्किमको योजना
काठमाडौं : युईएफए युरो २०२४ को आधिकारिक इ-मोबिलिटी पार्टनर बीवाईडीले 'नेपाली अब यूरो कपमा’ स्किमको योजना ल्याएको छ। नेपालका लागि बीवाईडी अटो इन्ड्रस्टीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले युईएफए युरो २०२४ को अवसर पारेर 'नेपाली अब यूरो कपमा स्किम' ल्याएको हो।
बीवाइडी युईएफए युरो २०२४ को अधिकृत e-mobility पार्टनर भएकाले यस स्किमले बीवाईडीका फुटबल प्रेमी ग्राहकहरुलाई जर्मनीमा गई प्रत्यक्ष युईएफए युरो २०२४ का रोमान्चक खेलहरु हेर्ने मौका दिनेछ।
युईएफए युरो २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व-प्रसिद्ध स्टेडियमहरूमा आयोजना गरिदैछ। UEFA (Union of European Football Associations) र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाईडी बीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी सम्झौता हो।
नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स इंक प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले युईएफए युरो २०२४ मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्।
यस स्किमद्वारा आफ्ना प्रिय ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बीवाईडीले राखेको छ। साइमेक्स इंक प्रालिले विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको छ। तसर्थ 'युईएफए युरो २०२४ स्किम'ले पनि कम्पनीको ग्राहकवर्गको सन्तुष्टिप्रतिको समर्पण र फुटबल खेल प्रतिको मोह दर्साउँछ।