सेयर बजारमा एकल अंकको वृद्धि,कारोबार १ अर्बमा झर्यो

सेयर बजारमा एकल अंकको वृद्धि,कारोबार १ अर्बमा झर्यो
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ। नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेको थियो।

यसदिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँमा खरिदबिक्री भए। नेप्से एकल अंकले बढ्दा कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार  २ अर्ब १ करोड  ७७ बराबरको सेयर कारोबार भएको थियो।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्कट लेभलमा कारोबार भएको हो।

यसदिन चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको ५.०६ प्रतिशतले मूल्य घट्यो। कारोबार रकमका  आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

शिवम् सिमेन्टको ८ करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड,ग्रोथ सिमेन्टको ५ करोड र हिमालयन डिस्टिलरीको ३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन ६ उपसमूहको सूचक घट्दा ७ वटाको उपसमूहको सूचक सकारात्मक देखिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.