केबलकारमा फसेकाहरूको कसरी गरिन्छ उद्दार ?

केबलकारमा फसेकाहरूको कसरी गरिन्छ उद्दार ?
तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुको आयोजना र चन्द्रगिरी हिल्स प्रालीको सहकार्यमा चन्द्रगिरी केबलकारमा आपतकालीन उद्धार अभ्यास गरिएको  छ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रम कृतिम घटनाक्रममा आधारित 'सिमुलेसन' अभ्यास गरी सम्पन्न भएको हो।

nullकार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपती पुरुषोत्तम थापा,चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानलगायत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि,उपत्यकास्थित सप्रबल,नेपालका गणहरू तथा गुल्मका प्रमुखहरू,स्थानीय जनप्रतिनिधिसहरूको उपस्थिति रहेको थियो।

null

कार्यक्रममा बोल्दै पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै विपद्‍बाट हुने जोखिम तथा क्षति न्युनिकरण गर्नका लागि सशस्त्र प्रहरी बल  प्रतिवद्धता रहेको बताए।

उद्दार अभ्यासमा पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रगिरी हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमाण्डमा ८जना जरी ३४ जना उद्दारकर्ताहरू सहभागी थिए।

null

अभ्यासमा दुईवटा फरक/फरक आपत्‍कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तलतर्फ र माथिबाट दाँया वा बाँया सुरक्षित स्थान तर्फ क्याविनमा सवार यात्रुहरूलाई  रोप रेस्क्यु  प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरूको प्रदर्शन गरिएको थियो ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.