६८ जनाको नेतृत्व गर्दै महिलामन्त्री आचार्य अमेरिका जाँदै, संसदीय समितिमा उजुरी

६८ जनाको नेतृत्व गर्दै महिलामन्त्री आचार्य अमेरिका जाँदै, संसदीय समितिमा उजुरी
फाइल तस्बिर।
सुन्नुहोस्

झन्डै दुई दर्जन मान्छे राखेर मानव तस्करी शैलीमा जाने टोली बनाइ राज्यको स्रोतबाट गरिने अनाधिकृत अमेरिका भ्रमण रोकी संलग्न सदस्यहरूमाथि छानबिन गरी पाऊँ, भनी उजुरीमा उल्लेख छ।

काठमाडौं : महिलामन्त्री सुरेन्द्रराज आचार्यको नेतृत्वमा ६८ जनाको जम्बो टोली अमेरिका जाने भएको छ। मार्च ८ मा हुन लागेको कार्यक्रममा भाग लिन जम्बो सरकारी टोली अमेरिका जान लागेको हो।

टोलीमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहित संयुक्त राष्ट्रसंघ संस्थाहरू र विश्वका सबै क्षेत्रहरूबाट इकोसोक मान्यता प्राप्त गैरसरकारी संस्था (एनजीओ) को प्रतिनिधिहरू सहितको टोली जान लागेको हो। ६८औं महिला सम्मेलन  महिलामा लगानी, प्रगतिको गति भन्ने नाराका साथ अमेरिकामा अन्तर्राष्ट्रिय महिलासम्बन्धी कार्यक्रम हुँदै छ। नेपालमा भने महिलामा लगानी, समुन्नत समाजको थालनी भन्ने नारा बनाइएको छ। 

संघीय सरकारका सबै निकाय, प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, ७७ जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं तीनका वडाहरू, शैक्षिक संस्था, सामाजिक संघ–संस्था, नागरिक समाजलाई दिवस भव्यरूपमा मनाउन निर्देशन दिएको छ। तर, मन्त्रालयको उच्च पदस्थ नेतृत्व भने अमेरिका जाने भएको छ। 

संसद्का लेखा समिति र राज्य व्यवस्था समितिमा भने अनधिकृत रूपमा भ्रमण हुन लागेको भन्दै रोक्नुपर्ने उजुरी परेका छन्। देशको आर्थिक अवस्था कमजोर भएको तथा अनाधिकृत अन्तर्राष्ट्रिय भ्रमणहरू निरुत्साहित गर्ने नीति वर्तमान सरकारले लिइ रहेको अवस्थामा त्यसको खिलाप गर्दै झन्डै दुई दर्जन मान्छे राखेर मानव तस्करी शैलीमा जाने टोली बनाइ राज्यको स्रोतबाट गरिने अनाधिकृत अमेरिका भ्रमण रोकी संलग्न सदस्यहरूमाथि छानबिन गरी पाऊँ, भनी उजुरीमा उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.