विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर देखियो : प्रकाश पन्त

विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर देखियो : प्रकाश पन्त
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा सांसद प्रकाश पन्तले विधेयक ल्याउने विषयमा सरकार निकै कमजोर रहेको बताएका छन्। यही फागुन २० गतेबाट पदावधि सकिन लागेका  सांसद पन्तले ६  वर्ष राष्ट्रियसभामा रहँदाको अनुभव सुनाउँदै विधेयक ल्याउने कुरामा सरकार निकै कमजोर देखिएको बताएका हुन्।

'यो  अवधिमा विधेयक ल्याउने कुरामा सरकार निकै कमजोर रह्यो। अहिलेसम्म विधेयकहरू फिर्ता भइरहेका छन्,'उनले भने,' कहाँनिर समस्या छ भन्नेबारे छलफल हुनुपर्छ। '

उनले चाहेर पनि कतिपय विधेयकमा छलफल गर्न समेत नपाएको गुनासो सुनाए। मौलिक हक कार्यान्वयनसम्बन्धी आएका विधेयकमाथि छलफल गर्न नपाएकोमा दु:ख लागेको बताए।

'कतिपय विधेयकमाथि छलफल गर्न समेत पाइएन । दु:खद कुरो मौलिक हक कार्यान्वयन गर्न आएका विधेयकहरू फटाफट यताबाट आए, उताबाट गए। हामीले छलफल गर्न पाएनौं। हामी सांसदहरूले आफ्ना लागि लागू हुने विधेयकमा पनि छलफल गरेर पास गर्न पाएनौं। त्यसको प्रभाव अहिले पनि छ। मौलिक हकको कार्यान्वयनको प्रभावकारिता नै छैन। ती सबै विधेयकमा फेरि काम गर्नुपर्ने अवस्था छ। यसले हाम्रो संसदीय मर्यादालाई खिल्ली उडायो। '

मेहनतका साथ बनाइएका विधेयकहरू पास नहुँदा आफूहरूको मात्रै नभइ राष्ट्रियसभा र सरकारकै मेहनत खेर गएको बताए।  ६ वर्षको अवधिमा दुईपटक प्रतिनिधिसभा भंग भएको बताउँदै सांसद पन्तले प्रतिनिधिसभाविहीन अवस्थामा हुँदा आफूहरूले काम गर्नुपरेको बताए। उनले यो अवधिमा प्रतिनिधिसभाले गति लिन नसकेको दावी गरे।

'यो बीचमा कानुन निर्माणका दृष्टिले तत्कालीन प्रतिनिधिसभाले उचित गति लिन सकेन। जसले गर्दा दर्जनौं विधेयकहरू शून्यमा गए। हाम्रो मेहनत पनि खेर  गयो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.