राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्छ भन्ने विषयमा लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्छ भन्ने विषयमा लिखित निर्णय भएको छैन : प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखितरूपमा कुनै निर्णय नगरेको बताए।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउनसक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले बताए।

उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको बताए। कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धबारे बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.