नवलपरासीमा २६ लाख बराबरको सामग्री बरामद

नवलपरासीमा २६ लाख बराबरको सामग्री बरामद
सुन्नुहोस्

परासी : भन्सार छलेर गोदामहरुमा लुकाई राखेको अवस्थामा नवलपरासी प्रहरीले २६ लाख बराबरका अवैध सामग्री बरामद गरेको छ। 

दुई छुट्टाछुट्टै स्थानका गोदामबाट बरामद भएका सामग्रीमा २० लाख बराबरको मोबाइलमा प्रयोग हुने ग्लास र ६ लाख बराबरको चिनी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए। 

भारतबाट ल्याएका सामान भन्सार छलेर लुकाएर राखेको भन्ने सूचना पाएर बुधबार साँझ गएको बर्दघाट इलाका प्रहरी कार्यालयको टोलीले बर्दघाट बजारस्थित एमएस क्रम नाम गरेको कवाड संकलन गोदामबाट ३० वटा कार्टुनमा लुकाई राखेको १९ लाख ८० हजार बराबरको मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास बरामद गरेको हो। 

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ गेर्मास्थित गुल्सन नितलेश राइस मिल उद्योगको गोदाममा अवैध रुपमा लुकाई राखेको अवस्थामा प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले ५ लाख ९६ हजार मूल्य बराबरको १४९ बोरा चिनी बरामद गरेको छ। बरामद भएको मोबाइलका ग्लासलाई महेशपुर भन्सार कार्यालय र चिनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा आवश्यक कारबाहीका लागि पठाइएको सूचना अधिकारी पन्थीले जानकारी दिए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.