महिला सहभागिता,सशक्तिकरण र समानताका लागि सरकारले विशेष जोड दिएको छ : प्रधानमन्त्री

महिला सहभागिता,सशक्तिकरण र समानताका लागि सरकारले विशेष जोड दिएको छ : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले महिलाको हक हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन,महिला सहभागिता,सशक्तिकरण र समानताका लागि सरकारले विभिन्न नीतिगत,कानुन र संस्थागत व्यवस्था गरेको उल्लेख गरेका छन्।

'नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति,उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ। सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ,'शुभकामना सन्देमा भनिएको छ,' महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्‍न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्‍न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ।'

प्रधानमन्त्री दाहालले तीनै तहका सरकार,निजी क्षेत्र,गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास,श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता,लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक रहेको बताएका छन्। 

महिलामा गरिने लगानीले महिलासँगै परिवार,समाजहुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्‍याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्‍याउने उनको भनाइ छ। महिलाको अर्थपूर्ण सहभागिता,प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा,विभेद र शोषणको अन्त्य गर्न जरुरी रहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.