विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
साउदी अरेबियामा : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा विश्वकप छनोटमा खेलमा पराजित भएको छ। गएराति रफास्थित बहराइन नेसनल स्टडियममा भएको खेलमा बहराइनसँग ५-० गोल अन्तरले नेपाल पराजित भएको हो।
खेलको सुरुवातीदेखि नै बहराइनले नेपाललाई दबाबमा राख्दै खेलको दोस्रो मिनेटमा मेहदी अल–हुमैदनले पहिलो गोल गरेका थिए। लगत्तै ८ मिनेटमा बहराइनका सयद नासेरले दोस्रो र अतिरिक्त समयको अन्तिम ४८ औं मिनेटमा अली मदनले १ गोल गरी पहिलो हाफमा नेपाललाई ३-० गोलको अन्तरले पछाडि परेको थियो ।
खेलको दोस्रो हाफमा पनि बहराइनले नेपाललाई दबाबमा राख्दै ८७ औं मिनेटमा इब्राहिम अल–खटाईले १ गोल र अतिरिक्त समयमा इस्माइल अब्दुलातिफले पेलान्टीद्वारा १ गोल प्रहार गरेको हो।