उपनिर्वाचनको विषयमा प्रचण्ड, ओली र नेपालबीच छलफल

उपनिर्वाचनको विषयमा प्रचण्ड, ओली र नेपालबीच छलफल
सुन्नुहोस्

‘तीन वटा पार्टी अलग अलग पार्टी हुन्, अलग अलग ढंगले अगाडि बढ्छन् भन्ने कुराहरु भयो।’

काठमाडौं :  बैशाख १५ गते हुने उपनिर्वाचनको विषयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचनमा उम्मेदवार उठाउने विषयमा छलफल भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बैठकमा बझाङमा हुने उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाउने जानकारी गराएको बताए। ‘आज बिहान मात्रै तीन दलका नेताहरुको बैठक बसेको थियो। हाम्रो पार्टीको तर्फबाट म थिएँ, नेकपा एमालेको तर्फबाट केपी ओली हुनुहुन्थ्यो। र नेकपा माओवादी केन्द्रबाट अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो।’बनेपामा आयोजित कार्यक्रममा नेपालले भने,‘तीन वटा पार्टी अलग अलग पार्टी हुन्, अलग अलग ढंगले अगाडि बढ्छन् भन्ने कुराहरु भयो। यसैगरी उपनिर्वाचनमा आ-आफ्ना उम्मेदवार हुन्छन्, त्यसैले हामीले उम्मेदवार छनोट गर्‍यौं भनेर एमालेको तर्फबाट कुरा भयो।’

 उनले इलाममा उम्मेद्वारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे। अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरुसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए। 

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई र बझाङको प्रदेशसभा–१ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अन्य दलले हालसम्म उम्मेदवार तय गर्न सकेका छैनन्। आगामी बैशाख १५ गते बझाङमा प्रदेश सभा र इलाममा प्रतिनिधि सभाको सदस्यका लागि उपनिर्वाचन हुँदैछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.