बालिका बलात्कार अभियोगमा युवक पक्राउ
नुवाकोट : बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नुवाकोटको लिखुका युवक पक्राउ परेका छन्।
लिखु गाउँपालिका-५ का ३१ वर्षीय रोशन गोतामेले १६ वर्षीया बालिकालाई विवाह गर्ने आश्वासन दिएर बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
बालिकालाई ललाई फकाई गरी किस्पाङ गाउँपालिका-५ केउरेनी जंगलमा पुर्याई उमेर पुगेपछि विवाह गर्ने आश्वासन दिई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
नुवाकोट जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।