म्याग्दीको नारच्याङमा विपद् उद्धारको नमुना अभ्यास

म्याग्दीको नारच्याङमा विपद् उद्धारको नमुना अभ्यास
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको छ। सशस्त्र प्रहरीको नारच्याङस्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्धारको नमुना प्रदर्शन गरिएको हो। 

विपदमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी बलको गलेश्वरस्थित आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक श्यामप्रसाद पौडेलले जानकारी दिए। 

सशस्त्र प्रहरीका २० जना सुरक्षाकर्मीले बाढी, भीर तथा खोचमा खसेको, आगलागी, वन डढेलोमा फसेकाहरूको उद्धार, घाइते तथा बिरामीलाई प्राथमिक उपचार गर्ने विधिको नमुना अभ्यास प्रस्तुत गरेका सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन नारच्याङका प्रहरी निरीक्षक फडिन्द्र घोलेले बताए।  

डोरीको सहायताले भीर तथा खोँचमा फसेका, डोरीको सहायताले नदीको बीच भागमा फसेकाको पानीका खाली बोतल, टायरको ट्युब, लामो लठ्ठी लगायत स्थानीय स्रोत साधनको प्रयोग गरी उद्धार गर्ने विधिको पनि नमुना प्रदर्शन गरिएको थियो। 

प्रभा माविका विद्यार्थीहरूलाई विपद्को पूर्व तयारी र प्रतिकार्यका विषयमा अभिमुखीकरण कक्षा सञ्चालन र उद्धारका सामग्रीहरूको प्रदर्शनी पनि गरिएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.