ग्लोबल ग्रिन आवास कर्जामा स्थिर ब्याजदर
काठमाडौं : ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ।
वातावरणमैत्री गतिविधिलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरूप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ। यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्डसमेत निःशुल्क जारी गरिनेछ।
इको–फ्रेन्डली घर र भवन र अपार्टमेन्टको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ।