डोल्पामा हावाहुरीले स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमा क्षति

डोल्पामा हावाहुरीले स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमा क्षति
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा तीव्र हावाहुरीका कारण सार्वजनिक भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बुधबार बिहानैदेखि तीव्र गतिमा लागेको हावाहुरीले वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनमा लाखौँ रकम बराबरको क्षति पुर्‍याएको हो।

हावाहुरीका कारण जगदुल्ला गाउँपालिका-२ काइगउँमा रहेको स्वास्थ्य चौकीको छाना हावाहुरी उडाएको छ। बिहान ११ बजेतीर चलेको हावाहुरीका कारण स्वास्थ्य चौकीको छाना उडाएको काइगँउका स्थानीय हरिमान थापाले जानकारी दिए।

छाना उडाएपछि लाखौँ रकम बराबरको क्षति हुनुका साथै स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको उनले बताए। त्यसैगरी हावाहुरीकै कारण आज मुड्केचुला गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवनमा क्षति पुर्‍याएको छ। तीव्र गतिमा लागेको हावाहुरीले वडा कार्यालय भवनको छाना उडाएको कालिकाका स्थानीय सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।

एक्कासि चलेको हावाले वडा कार्यालयको छाना उडाएपछि लाखौँको क्षति हुनुको साथै जनताको सेवा प्रवाहमा समेत समस्या भएको उनको भनाइ छ। हावाहुरीकै कारण त्रिपुरासुन्दरी नगरपालिका-११ मा रहेको कञ्चनजंगा आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ। तीव्र गतिमा लागेको हावाहुरीले विद्यालय भवनको छाना उडाएपछि लाखौँ बराबरको क्षति भएको नगर उप प्रमुख देवी घर्तीले जानकारी दिइन।

एक्कासि तीव्र बेगमा लागेको हावाले छाना उडाएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै खुला चौरमा पढाउनु पर्ने अवस्था आएको स्थानीय मंगल पुनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.