लक्ष्मी सनराइज बैंक काठमाडौंका २ शाखा स्थानान्तरण
काठमाडौं : लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाका २ वटा शाखा स्थानान्तरण गरेको छ। काठमाडौं महानगरपालिका-१७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका-१६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ।
त्यस्तै काठमाडौं महानगरपालिका-२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ। स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन्।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ। हालः लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ एजेन्ट रहेका छन्।