बेलायत बरालिँदा भेटिएको नेपाल

बेलायत बरालिँदा भेटिएको नेपाल

पहिलोपल्ट बेलायतको यात्रामा निस्किएँ। नेपालमा आकाशमा समेत ट्राफिकजाम हुन थालेको छ। आकाशमा जाम परेपछि साँझ ५:४० मा तय भएको फ्लाइट करिब ३५ मिनेट ढिलो भयो। कतार एअरवेजको बोइङ जेटमा अधिकांश नेपाली थिए। त्यसमध्ये आधा जति कतारमा श्रम गर्न र बाँकी अन्य गन्तव्यका लागि हिँडेका थिए।

त्यसमध्येमा म एउटा होश हराएको यात्री, जब कि बेलायत जानैपर्ने बाध्यताले ऋणपान गरेरै भए पनि अनौपचारिक कार्यक्रममा विदेश यात्रा गरिरहेको थिएँ। हिँड्नैपर्ने बाध्यता बन्यो र हिँडियो। जब कि भिसा लगाएर पनि नजानु भनेको सम्बन्धित देशको अपमान गर्नुहुन्थ्यो।

बडेमानको जहाज जति अकासिन्थ्यो, त्यति नै माथितिर उज्यालो र जमिनमा अँध्यारो छाउँदै थियो। अझ गोधूलि किरणका रङहरू बादलमा अनावरण हुँदा सिंगो आकाश सेता, नीला, पहेंला र हरिया, अन्ततः सुनौला भएर सप्तरंगी फूलहरूले ढकमक्क ढाके झैं लाग्थ्यो। अनि हामीले कल्पना गरेको स्वर्ग यही नै होला भन्ने भान कसलाई नहुन्थ्यो र १ अँध्यारो छिप्पिँदै जाँदा ती रङहरू क्रमशः हराउँदै अँध्यारोमा परिणत भए, बाहिर चकमन्न। त्यही चकमन्नताका बीचमा हामी करिब साढे पाँच घण्टापछि कतारको दोहामा अवतरण भयौं।

दोहाबाट अब लन्डनका लागि अर्को जहाज समाउनु थियो। अनि लन्डन उड्ने गेटमा आएर म उही चिन्ताले छट्पटिँदै थिएँ। दुई दिनको कार्यक्रममा त भेटघाट गरौंला, घुमौंला, हिँडौंला तर त्यसपछिका बाँकी दिन कहाँ बस्ने, के खाने रु पैसा खोइ रु लन्डन आउनुस् भन्नेले के सहयोग गर्लान् त रु कोही त्यस्तो मानिस लन्डनमा भेटियोस्, जसले मेरो बसाइको व्यवस्थापन गरोस् भनेर मनमनै कामना गरिरहेको थिएँ।

चिन्तासँगै लन्डनका नेपालीप्रति समेत चिसो पोखिरहेको थिएँ। जब कि रेस्टुरेन्टमा दोहोरी गाउने एउटा गायक लन्डन पुग्दा भव्य स्वागत गर्ने, उसको दोहोरो टिकट, खानपानलगायत सबै व्यवस्थापन गरेर कम्तीमा ४-५ हजार पाउन्डसमेत खल्तीमा हालेर पठाउँछन्। तिनै नेपालीले हामीजस्ता लेखक, साहित्यकार, पत्रकारहरूलाई किन वास्ता गर्दैनन् रु त्यस्ता कलाकारहरू आएर एकक्षण स्टेज तताउँछन्, जान्छन्। नेपाल फर्केपछि न तिनीहरूको कुनै सामाजिक योगदान हुन्छ न त तिनले प्रवासनमा बसेका यी नेपालीका लागि नै कुनै काम गरिदिन्छन्।

बरु हामी लेखक, साहित्यकार र पत्रकारहरू त कमसेकम यहाँ दुःख गर्ने नेपालीको अध्ययन गर्छौं, दुई-चार अक्षर लेख्छौं। सके एउटा ऐतिहासिक दस्तावेज सिर्जना गरेर उनीहरूका लागि सम्पत्ति जोडिदिन्छौं। तिनका कुरा नेपालका पाठक, राजनीतिक नेता–कार्यकर्ता वा सरकारका प्रतिनिधिले पढ्छन्। त्यसलाई पढेर ती निकायले विदेशमा बसेका नेपालीप्रति केही न केही चिन्ता त पक्कै गर्नेछन्। तर हामीहरू आउँदा–जाँदा न कुनै चासो हुन्छ, न कुनै सहयोग १ म यही चिन्तनमा डुबिरहेको थिएँ।

त्यसैबखत एक नेपाली मेरा सामुन्ने टुप्लुक्क देखापरे। हेर्दा अति सामान्य, लुवाइखुवाइसमेत सरल देखिन्यो। बाँसुरी बोकेको देखेपछि मैले उनलाई नेपाली हुन् भनेर ठम्याइहालें। उनी थिए– बेलायती सेनाबाट निवृत्तिभरण पाएका बाग्लुङका गणेश पुन। बेलायतसम्मको मसँगैको यात्रामा उनी सँगसँगै रहे। उनीसँग व्यक्तिगतदेखि राष्ट्रियताका विषयमा निकैबेर छलफल भयो।

तुलनात्मक रूपमा जनजातिहरू अत्यन्त सरल मिजास र शालीन संस्कृतिका हुन्छन्। त्यसमा पनि मगर जातिहरू कसैलाई पाप नचिताउने सोझा चरित्रका हुन्। सोझो, शालीन र मिजासिलो भएकैले उनीहरूलाई कपटी वर्गले अनावश्यक उपमा दिएका छन्। ढाँटेर, छलेर, लुटेर खान नजान्ने उनीहरूको सौन्दर्य हो। गणेश पुनको बोलाइ, तर्कहरूमा त्यो सुन्दरता प्रस्ट झल्कन्थ्यो।

हामीले नेपाली समाज, देशको अर्थतन्त्रदेखि युवा पलायनजस्ता विषयमा गम्भीर चिन्ता गर्‍यौं। वास्तवमै नेपालमा गाउँघरका घरआँगन र जमिनहरू मात्र होइन, सहरका ठूलाठूला बंगलाहरू पनि खाली हुन थालेका छन्। रोजगारीका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यताले हाम्रो गाउँघर युवाविहीन छ। भर्खरै विवाह गरेको जोडी छुट्टिन बाध्य छ। भएको सम्बन्ध मोडिएको, तोडिएको छ। जमिनहरू बाँझो बस्न थालेका छन् भने अमेरिका, युरोप, अस्ट्रेलिया जानेहरू उतै बस्ने र बाबुआमालाई समेत उतै बोलाउने कारणले सहरका घरहरू समेत रित्तिन थालेका छन्। यसबारेमा हामीले निक्कैबेर चिन्ता गर्‍यौं।

यतिमात्र होइन, देश किन बनेन त रु भनेर विभिन्न कोणमा छलफल गर्‍यौं। राज्य र नागरिकको चरित्र र दुवैको बीचमा रहेको कर्मचारीतन्त्रको बारेमा केलाएरै छलफल गर्‍यौं। अन्ततः करिबकरिब निष्कर्षमा पुग्यौं– विकसित मुलुकहरू पुँजीलाई स्थिर राख्दैनन्, चलायमान बनाउँछन्। नागरिकहरू कर तिर्छन्, आफूलाई बढी भएको सम्पत्ति अरूको हितमा प्रयोग गर्छन्। तर हामी दक्षिण एसियाका मानिस आफूलाई पुगिसकेपछि पनि लोभलालच गरिरहन्छौं। जतिसक्दो अरूको खोसेर छोरा–नाति पुस्ताका लागि साँच्न खप्पिस छौं।

हामी कर तिर्न मान्दैनौं। बरु कर छल्न अनेक प्रयत्न गरिरहेका हुन्छौं। श्रम गर्नुलाई घृणा गर्छौं, श्रम नगर्नेहरूलाई बडो सम्मान दिइरहेका हुन्छौं। अरूको थोरै होस् मेरो चाहिँ सबैभन्दा धेरै होस्। म अघाऊँ, अरू भोकै परून्, मरे मरून् भन्ने सोच पाल्छौं। प्राविधिक शिक्षामा जोड दिँदा हाम्रो नैतिक शिक्षा मरिरहेको छ। नैतिकता नै नभएको शिक्षा प्रणालीको विकास गर्दा भ्रष्टाचारी जन्मेका छन्।

नैतिकताबिनाको ज्ञान हासिल गर्नेहरूले राज्यका संरचनाहरू चलाउँदा भ्रष्टाचार जताततै संस्थागत बन्दैछ। त्यसैले प्राविधिक शिक्षासँगै मानविकी नैतिक शिक्षा पनि अपरिहार्य रहेछ भन्ने निष्कर्षमा पुग्यौं। जातीयताको लडाइँले पनि कोहीकसैको भलाइ नहुने, यसो गर्दा बरु देश हार्ने हुनाले सबै जाति र सवैको संस्कृतिको अस्तित्वको स्वीकार, सम्मान र साझेदारी हुनुपर्ने भन्नेमा पुग्यौं।

दोहा ट्रान्जिटपछि पनि ३५ मिनेट जहाज विलम्ब भयो। फेरि उही कतार एअरवेजको बिग वोइङ। अघिल्लोभन्दा अझ ठूलो। सहरहरू हीरामोतीको चमक छरेर बलिरहेका थिए, आकाशका ताराभन्दा अझ सुन्दर किरण छरेर। जमिनका ती सुनौला ताराहरूलाई छाडेर हामी आकाशमाथिका तारा टिप्न उचाइ लिँदैथियौं। जति पश्चिमतिर लागियो, उति रात ढिलो हुँदैथियो। समय फरक पर्ने हुनाले त्यो महसुस गर्दै थिएँ। जसकारण नेपालीको निद्रासमेत खल्बलिन्छ। करिब ७ घण्टा २० मिनेटको यात्रापछि दोहाबाट लन्डन पुग्यौं।

लन्डन इमिग्रेसनमा संसारका सबै रङ र कदका मानिसको क्रमशः जमघट हुँदै गयो। काला–गोरा, सेता–पहेला, अग्ला–होचा, आर्यन, इन्डोआर्यन, मंगोलियन, आस्ट्रिक एउटै थलोमा हुँदा संसार नै त्यहाँ उभिएको जस्तो लाग्थ्यो। तर पनि कोही कसैलाई अरूको चासो र सोधीखोजी फिटिक्कै छैन। यसबेला नेपाल र नेपाली संस्कृतिलाई सम्झें। जतिसुकै बिरानो भए पनि कहाँबाट आएको रु कहाँ जाने रु भनेर सोध्नेबुझ्ने हाम्रो विशिष्ट संस्कृतिलाई यहाँ पनि पाइनँ। यसो हुँदा मानिसका लागि मानिस नै बिरानो बन्दै गएकोजस्तो अनुभूति भयो।

त्यो देश कस्तो छ रु भनेर चिनारी उसको संस्कृतिले बताउँछ। त्यस्तै घर कस्तो छ भन्ने चिनारी आँगनले दिन्छ। बेलायत प्रवेश गर्नै लाग्दा वृद्धवृद्धा र बालबच्चा काखमा बोकेका आमाहरूलाई गरेको सम्मानले बेलायतको संस्कृति उच्च रहेको ठम्याएँ। इमिग्रेसनका अफिसरहरूले बूढाबूढीहरूलाई सिधै अग्रपंक्तिमा लगेर तिनका काम तुरुन्तै गरिहाल्थे।

गणेशजीको सहयोग यतिमै मात्र सीमित रहेन। नेपाली पैसा लन्डन पुग्दा हात्तीको मुखमा जीराजस्तै हो। पैसा कम थियो, अझ एक महिनाको बसाइ लागि लगेको पैसा चिमोटीचिमोटी चलाउनु थियो। अतः एअरपोर्टबाट सम्बन्धित गन्तव्यमा ट्रेनमा जाऊँ कि बसमा रु भनेर अलमल परिरहेको बेला चिन्ता उनमा ज्यादा देखियो। चारैतिरै फोन घुमाएर मलाई सहयोग गर्न खोज्नु भयो। अन्ततः उहाँलाई लिन आएकी धर्मपत्नी आशाले शेरबहादुर सुनारको नाम लिनासाथ मलाई कतै नअलमल्याई आफ्नै कारमा राखेर करिब डेढ घण्टा ड्राइभिङ गरी गन्तब्यमा छाडिदिनु भयो। जहाँ समाजसेवी शेरबहादुर दाइ मेरो पर्खाइमा हुनुहुन्थ्यो।

त्यहाँ प्रशस्त नेपाली भेटिँदै गए, नेपाली मन र संस्कारहरू पनि भेटिए। ठमेल रेस्टुरेन्ट, थकाली भान्सा घर अनि नेपाली कलाकार, नेता, विज्ञहरू जमघट भई कार्यक्रम हुने सभाकक्षहरू, नेपालको बारेमा सोधखोज र चिन्ता गर्ने नेपाली भावनाहरू थपिँदै गए। त्योभन्दा ठूलो नेपालीको इतिहास र वीर गोर्खाली पहिचान झल्काउने गरी एक गोर्खाली सेनाले अर्को घाइते सेनालाई काँधमा बोकेर शत्रुविरुद्ध लड्दै गरेको भिक्टोरिया क्रस कुलवीर थापाको प्रतिमूर्ति समेत भेटियो। वीर गोर्खाली राइफलहरूको प्रतिनिधिमूलक त्यो मूर्तिलाई सामुन्ने उभिएको पाउँदा गर्वले छाती फुल्यो। अनि एक स्यालुट हानेर पुर्खाहरूलाई सम्झें।

​​​​​​​हामी एल्डरसटबाट अगाडि बढ्दै जाँदा नेपालीका घर प्रशस्त भेटिए। सिमसिम पानी परेको बेला सडकका पेटीमा छाता ओढेर नेपाली निस्किँदै थिए। यता नेपाली प्रशस्त छन् भनेर मोटामोटी त गणेशजीले बताउनुभएको थियो। तथापि थप बुझ्न शेरबहादुर दाइलाई सोधें– ‘यता पनि नेपालकै जस्तै घर हुँदा रहेछन् त १’ उहाँले भन्नुभयो– ‘यी सबै नेपालीकै घर हुन्, गोराहरूका त एकादुएक होलान्। यो देखिए जति सबै नेपाली समाज हो। नेपालीकै कलेज छ, नेपालीकै स्कुल छ, नेपाली खेल्ने चौर, नेपाली नै घुम्ने पार्क, नेपाली चाडपर्व मनाउने मन्दिरहरू, नेपाली खाना पाइने रेस्टुरेन्ट र बजार सबै यतै छ। तीज, ह्लोसार, उधौलीउँभौली, दसैंतिहार नेपालका सबै चाडपर्व यहाँ मनाइन्छन्। झ्याईंझ्याईं पञ्चैबाजा बजाएर विवाह हुन्छ। नेपाली कला, गीतसंगीत र संस्कृति यहीँ छ। खासमा नेपाल त यही भेटिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.