पर्सामा १३ वर्षीया बालिकामाथि बलात्कार, प्रहरीले दर्ता गरेन जोहरी

पर्सामा १३ वर्षीया बालिकामाथि बलात्कार, प्रहरीले दर्ता गरेन जोहरी
सुन्नुहोस्

वीरगन्ज : पर्सामा १३ वर्षकी एक दलित बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। पर्साको कालिकामाई गाँउपालिका-३ हरिहपुर वीर्ताकी १३ वर्षीया बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले वैशाख २२ गते शनिबार राति बलात्कार गरेको घटना शनिबार सार्वजनिक भएको हो। 

वैशाख २२ गते राति ११.३० बजेतिर आफ्नै आंगनमा रहेको चापाकलमा पानी लिन घरबाट बाहिर निस्किएका बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुंघाएर बेहोश बनाई बलात्कार गरेको पीडित भनिएकी बालिकाले शनिबार अन्नपूर्णपोस्ट्कर्मीलाई बताइन्। 

पीडित भनिएकी बालिकाका बुबाका अनुसार वैशाख २२ गते पानी लिन घर बाहिर निस्किएकी ती बालिकालाई छिमेकका महिलाहरूले वैशाख २३ गते विहान झिसमिसेमा बाँसघारीमा अचेत अवस्थामा देखेर खबर गरेका थिए। उक्त खबर पाएर बाँसघारीमा पुग्दा आफ्नी छोरी अर्धनग्न अवस्थामा अचेत फेला परेको पीडित भनिएकी बालिकाका बुबाले बताए। त्यसपछि घरमा ल्याएर घरेलु उपचार गरेको र होस खुलेपछि रुँदै छोरीले आफूसँग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको उनले बताए।

पीडित भनिएकी बालिकाकाले आफ्ना बुबालाई बताएअनुसार राति पानी लिन आँगनको चापाकलमा गएका बेला पछाडिबाट आएका केवटले मुख थुनेर बाँसघारीमा लगेका थिए। बाँसघारीमा पुर्‍याएपछि केवटले बालिकाको हात र खुट्टा आफ्नो गम्छाले बाँधेर मुखमा रुमाल कोचेर करणी गर्न खोज्दा बालिकाले चिच्याएर प्रतिवाद गरेकी थिइन्। केवटले खल्तीबाट नशालु पर्दा निकालेर बालिकाको नाकमा सुँघाएर बेहोस बनाएका थिए।

घटनाबारे आरोपित केवटको घरमा वैशाख २३ गते विहान आफूहरू पुगेर सोधीखोजी गर्दा केवटले आफूले बलात्कार गरेको स्वीकार गर्दै १ लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्की पनि दिएको पीडित भनिएकी बालिकाका बुबाले बताए। उनले भने, ‘केवटले तिमीहरू सानो जातका हौं केही गर्न सक्दैनौं मलाई। मेरो पहुँच ठूलाबडा नेताहरूसँग छ। मेरो कुरा मानेनौं भने तिम्रो छोरीलाई भारतमा लगेर बेचिदिन्छु। अनि तिमीलाई पनि मारेर फालिदन्छिु भनेर धम्क्याए।’ 

आरोपित केवट पहिल्यैदेखि अपराधिक गतिविधिमा संलग्न व्याक्ति भएको र अपहरण तथा ज्यान मार्ने मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका व्याक्ति पनि भएका कारण उनको डर र लोकलाजका कारणले पनि एक दुई दिन घटना लुकाएर राखेको पीडित भनिएकी बालिकाका बुबाले बताए। तर, आरोपित केवटबाट लगातार धम्की आउन थालेपछि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त लिएर पुगे पनि प्रहरीले हालसम्म जाहेरी दर्ता नै नगरेको दुखेसो पनि उनले सुनाए।

उनले भने, ‘अपराधि अहिलेसम्म पक्राउ पनि परेको छैन। यता प्रहरीमा चार दिनदेखि सधैं धाइरहेको छु। तर, प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको छ।’ उनले प्रहरीले जाहेरी दर्ता गर्नुपर्ने र आफ्नी छोरीसँग दुष्कर्म गरेका केवटलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पीडित भनिएकी बालिका र जाहेरी लिएर आउने उनका बुबाको बयान फरक परेकाले प्रहरीले जाहेरी दर्ता नगरेको बताए। स्वास्थ्य परीक्षणका लागि बालिकालाई शुक्रबार नारायणी अस्पतालमा पठाएको भन्दै उनले भने, ‘परीक्षणको रिपोर्ट आएपछिमात्रै त्यसको आधारमा प्रहरीले जाहेरी दर्ता गर्छ।’

आरोपित भनिएका केवट भने घट्ना भएकै समयदेखि घर छाडेर फरार रहेको उनले बताए। फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थापाले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.