दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
झापा : झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–२ का ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरूलाई स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगरसहित पक्राउ गरेको हो ।