जनकपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

महेन्द्रनगर  : जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.