‘दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको छु’

कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्री अफर गर्‍यो, अस्वीकार गरेपछि संसद अवरोध : लामिछाने

कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्री अफर गर्‍यो, अस्वीकार गरेपछि संसद अवरोध : लामिछाने
तस्बिर : संसद सचिवालय

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि अफर गरेको बताएका छन्। आइतबार बेलु्का प्रतिनिधि सभालाई सम्बोधन गर्दै लामिछानेले गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने हो भन्दै कांग्रेसले प्रश्न गरेका  छन्। 

‘म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ। म आज यो सदनमा सोध्न चाहन्छु।’ उनले भने,‘अफर गर्नेले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ केही गोपनीयता राखौंला तर मेरो प्रश्न छ। हिजो मलाई डेढ महिना प्रधानमन्त्री हुन गरेको अफरको डेट अफर छ कि अझै बाँकी छ। यो कुराको जवाफ सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दिए राम्रो हुन्थ्यो। राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट  संसद अवरोध, संसदीय छानबिन समितिको माग उचित हो कि होइन ?’

उनले दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको बताए। उनले कानुनले जे भन्छ प्रहरी सोहि अनुसार चल्ने बताए। सहकारी ठगीमा आफ्नो संलग्नता नभएको र भएको प्रमाणित गरे कारबाही भोग्न तयार रहेको उनले बताए। उनले फौजदारी कानुनबाहेकमा संसदीय छानबिन समिति गठन गर्न नमिल्ने भएपनि कांग्रेसको माग पूरा गर्न आफू तयार रहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.