मुस्ताङको घरपझोङलाई पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाले प्रत्येक वडाहरुबाट पूर्ण खोप सुनिश्चिता दिगोपना भएको सिफारिस पत्रका आधारमा पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
घरपझोङले सबै वडाहरुमा शतप्रतिशत बालबालिकाहरूले पूर्ण खोप लगाएको उल्लेख गर्दै गत वर्षको झै यसवर्ष पनि घरपझोङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरेको हो। बालबालिकाका लागि १३ प्रकारका रोगहरूलाई प्रतिरोधात्मक क्षमता बढाउन १० किसिमका खोपहरु लगाउने गरिएको छ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन, खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रबार घरपोझोङ गाउँपालिका खोप समन्वय समितिले जोमसोममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको जनाइएको छ।