नवौं जिल्ला अधिवेशन : एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल र सचिवमा रायमाझी

नवौं जिल्ला अधिवेशन : एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल र सचिवमा रायमाझी

अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्वर भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा भएको नवौं जिल्ला अधिवेशनले पिताम्वर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्य कमिटी घोषणा भएको हो। भुसाल यस अगाडि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । 

उपाध्यक्षमा भएको निर्वाचनमा शम्भुप्रसाद पोख्रेल निर्वाचित भएका छन् । सचिवमा तोज बहादुर रायमाझी (बिधान) सर्वसम्मत चयन भएका छन् । सचिवमा निर्वाचित रायमाझी पनि आठौं अधिवेशनमा सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए । उपसचिवमा खगेश्वर पन्थी र शिवकला बिक निर्वाचित भएका छन् । ८७ सदस्यीय जिल्ला कमिटीमा केही निर्वाचन र केही सर्वसम्मत रुपमा रहेका छन्।

शनिबारदेखि शुरु भएको अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले आज पद गोपनीयताको सपथग्रहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.