ग्लोबल आइएमईको अधिकांस बैंकिङ सेवाहरू अनलाइनबाटै प्रदान गर्ने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालन

ग्लोबल आइएमईको अधिकांस बैंकिङ सेवाहरू अनलाइनबाटै प्रदान गर्ने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालन

काठमाडौं : काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ। 

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो। 

बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैंकको वेवसाइटबाटै अनलाइन प्रदान गर्नेछ। 

ग्राहकहरूले यस बैंकको वेवसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’ मा गई वा https://digitaluniverse.gibl.com.np/ मा सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकुलमा प्रयोग गर्न सक्ने छन्। 

बैंकले केहि दिन अगाडि मात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो।  जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेका छन्। पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नविनतम् बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो। 

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ। ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स नेपाली बैंकिङ क्षेत्रमा नवीन प्रयास रहेको छ। यसले हाम्रो बैंकिङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.