मलावीमा विमान दुर्घटना, उपराष्ट्रपति साउलो र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु

मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए

मलावीमा विमान दुर्घटना, उपराष्ट्रपति साउलो र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु
तस्बिर : बीबीसी।

मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । 

मलावीको राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेका छन्। 

सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो । साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।

विमानलाई विमानस्थलबाट दिइएको सङ्केतबारे एयर ट्राफिक अधिकारीले भने, 'विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।'

बाक्लो कुहिरो र जङ्गलका कारण विमान पत्ता लगाउने प्रयासमा बाधा पुगेको थियो । राष्ट्रपति लाजरस चकवेराले विमानको भग्नावशेष फेला परेको तर कोही पनि जीवित नभेटिएको बताएका छन् ।

यो सैन्य विमान खराब मौसममा उडिरहेको थियो।  देशको उत्तरी क्षेत्रमा घना जंगलको बीचमा विमान दुर्घटना भएको एक उच्च सैन्य अधिकारीले बताएका छन् ।

उज्यालो कम भएका कारण यो विमान जुजु विमानस्थलबाट फर्किएको थियो ।  

पाँच वसन्त पार गरिसकेका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.