नेपाल र यमनबीचको खेल २/२ गोलको बराबरीमा टुंगियो

नेपाल र यमनबीचको खेल २/२ गोलको बराबरीमा टुंगियो

साउदी : फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल नेपाल र यमनबीच  बराबरीमा टुंगिएको  छ। ११ जुन २०२४ का दिन साउदी अरेबियाको दमाम शहर स्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपालले यमसँग २/२  गोलको  बराबरीमा खेलेको हो।

खेलको पहिलो हाफमा यमनले नेपालविरुद्ध ९ औं मिनेटमा  पहिलो गोल गरेको थियो। नेपालका लागि २२औं मिनेटमा सञ्जिव बिष्टले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका थिए।

यमनसँगको  पहिलो हाफ  १/१ गोलको  बराबरीमा खेलेको नेपालले दोस्रो हाफको ६६ औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई २/१ अन्तरले अग्रता दिलाएका थिए। यमनले अतिरिक्त ९१ औं  मिनेटमा नेपालको लागि गोल गर्दै खेललाई  २/२ को बराबरिमा पुर्‍याएका थिए। यमनको तर्फबाट नसीम अल गाहवाही र मोहम्मद अल दाहीले १/१ गोल गरेका थिए। साथै खेल हेर्न र  खेलाडीलाई हौशला दिनका लागि  ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थिति रहेको  थियो।

नेपालले अहिलेसम्म खेलेको ६ खेलमा २० गोल खाँदा २ गोल फर्काउन सफल  भएको छ। यो खेलसँगै  नेपालका गोलकिपर अहिलेका क्याप्टेन किरण कुमार लिम्बुले आफ्नो १०० औं खेल खेलका छ्न्।   

समूह ‘एच’ मा रहेको नेपालले यसअघि पनि  पाँचै  खेलमा पराजय भोगेको थियो। नेपाल युएईसँग ४/० र यमनसँग २/० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५/० र दोस्रो खेल ३/० ले गुमाएको थियो। पुनः युएईसँग ४/० गोल अन्तरले हारेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.