विद्यार्थी पठाउनुछ समुदायमा

विद्यार्थी पठाउनुछ समुदायमा

हाम्रो पहिलो ब्याचका १० विद्यार्थीले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाए। गत वर्ष ७ अक्टोबरमा भएको उक्त घटनामा परेका विपिन जोशीको अवस्था अझै अज्ञात छ।

झन्डै चार वर्षको मेहेनतपछि तयार भएका दक्ष कृषि प्राविधिक हामीले गुमायौं।  उक्त घटनापछि विश्वविद्यालयले ठूलो पाठ सिकेको छ। हामीले विद्यार्थीलाई हाम्रै स्रोत साधनको उपयुक्त प्रयोग र नवीनतम् प्रविधिहरूको प्रयोगबाट विश्वविद्यालयमै थप ज्ञान र अनुभव आर्जन गर्ने वातावरण बनाइरहेका छौं।

विश्वविद्यालयले नेपालका लागि इजरायलका राजदूत हनान गोडरसमक्ष फार्म एक्सिलेन्स सेन्टर स्थापनाका लागि प्रस्ताव पेस गरेका छौं। उहाँहरू निकै सकारात्मक हुनुहुन्छ। विश्वविद्यालयका ९३ जना विद्यार्थी देशका २२ जिल्लामा खोज, अनुसन्धान र इन्टर्नसीप गरिरहेका छन्। विश्वविद्यालयले थप ल्याबहरू स्थापना गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग संवाद गरिरहेको छ। 

कृषिलाई नै मुख्य प्राथमिकता दिएको सुदूरपश्चिम प्रदेश सरकारले विश्वविद्यालयसँग सहकार्य गर्नुपर्छ भनेर प्रस्ताव गरेका छौं। अध्ययन गरेर सिकेको सीपलाई व्यवहारमा उतार्न हामीले ३१ जना विद्यार्थीलाई ४५ दिने व्यावसायिक तालिम प्रदान गरेका छौं। यसमा कृषि कम्पनीहरू, एनजीओ, आइएनजीओहरूले सहयोग गरिरहेका छन्। 

विश्वविद्यालयले उत्पादन गरेका दक्ष कृषि प्राविधिकहरूलाई समुदायसम्म पुर्‍याएर व्यावसायिक कृषक बनाउने अभियान सुरु गरिएको छ। विद्यार्थीले प्रस्ताव गरेको उत्कृष्ठ योजनालाई छनोट गरी बीउ पुँजी (सिड मनी) उपलब्ध गराएर कृषि उत्पादन, नयाँ अनुसन्धानमा विश्वविद्यालयले मद्दत पु¥याउने छ। यसले थोरै संख्यामा भए पनि पढेर विदेश नै जान्छु भन्ने मानसिकताबाट विद्यार्थीलाई आफ्नै देशमा केही गर्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास हामीले लिएका छौं। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र विश्वविद्यालय अनुदान आयोगलेसमेत यसमा सहयोग गर्नुपर्छ। 

(डा.अधिकारी सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.