उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलले पाए सफाइ

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलले पाए सफाइ

काठमाडौं : उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू तेजारायण सिंह राई र रामबहादुर थापाको इजलासले गैरकानुनी लाभको कसूरमा पौडेलसहित ८ जनालाई सफाइ दिएको हो।

विशेष अदालतले तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै गत माघ १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले रीतपूर्वक माग नभएको अवस्थामा ऐनविपरीत भीएफडी खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो। आयोगले २२ लाख ७८ हजार ३०५ रुपैयाँ बिगो र सजायको माग गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.