खोलामा नुहाउने क्रममा डुबेर बालकको  मृत्यु

खोलामा नुहाउने क्रममा डुबेर बालकको  मृत्यु

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका सिँचाइ गर्न बनाइएको खोलाको सहायक खोलामा शुक्रबार नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगनरनाथपुर गाउँपालिका-१, पिडारी गुठीका जग्गा राउत गदीका छोरा ८ वर्षीय अब्दुल कलाम गदी रहेका छन्। पिडारीगुठि गाउँकै पश्चिममा रहेको चमरी खोलाको साइफनमा नुहाउने क्रममा डुबेर अब्दुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार शुक्रबार दिउँसो गाउँकै साथीहरूसँग अब्दुल साइफनमा नुहाउन गएका थिए। नुहाउने क्रममा अब्दुल डुबेपछि उनीसँगै रहेका साथीहरूले होहल्ला गरेपछि स्थानीयले उनलाई साइफनबाट निकाले पनि उनको मृत्यु भइसकेको थियो। 

मृतक बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.