कृषि तथा वन विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित, देशभित्रै भविष्य खोज्न प्रधानमन्त्रीको आग्रह

कृषि तथा वन विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित, देशभित्रै भविष्य खोज्न प्रधानमन्त्रीको आग्रह

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले बढ्दो विदेश पलायनप्रति चिन्ता ब्यक्त गरेका छन्। उनले देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई आग्रह गरेका छन्। 

आफ्नो ज्ञान र सिपलाई देशको लागी लगानी गर्न आग्रह गरेका हुन्। चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विज्ञता हासिल गरेकालाई ज्ञान र सिप किसानसँग बाढ्न आग्रह गरेका छन्। 

शिक्षा र रोजगारीको नयाँ-नयाँ अवसरको खोजी गर्नु स्वभाविक रहेको बताउँदै उनले राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भाबी पुस्ताका लागि देशमै ज्ञान र सिप प्रयोग गर्न आग्रह गरे। ‘सूचना र प्रविधिको युगमा आफ्नो भविष्यको खोजी गर्नु स्वभाविक हो। यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन,' उनले भने। शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिन उनले आग्रह गरे।

‘भूमण्डलीकृत विश्वमा अनेक अवसर भए पनि हामीले अवसरलाई मात्र हेरेर पुग्दैन। आज विकसित भनिएका सबै इतिहासको विभिन्न कालखण्डमा निकै मिहेनत र संघर्षको जगमा निर्मित भएका हुन्। हामीले विकसित देशको उदाहरण र अनुभवबाट सिकेर हाम्रो देशलाई नयाँ उचाईमा पुर्‍याउनुपर्छ,' प्रधानमन्त्री दाहालले भने। 

कृषिमा अनुसन्धानमार्फत नयाँ-नयाँ प्रविधिको विकासबाट कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममार्फत कृषि र प्रविधिलाई जोड दिएका बताए। अर्थतन्त्रको बलियो आधार कृषि रहेको बताउँदै सन् २०२३ देखि २०३३ सम्म ‘कृषिमा लगानी दशक’ र ‘सूचना-प्रविधि दशक’ घोषणा गरी काम अघि बढाएको बताए। यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको बताए। 

null

'आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्। देशभित्र नै भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु,' उनले भने। आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर देशभित्रै भविष्य खोज्न प्रधानमन्त्रीले आग्रह गरेका थिए।

कृषि, वन, पशु चिकित्सा र पशु विज्ञान, मत्स्य विज्ञानमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी एक हजार ५९ जना दीक्षित भएको विश्वविद्यालयका परिक्षा प्रमुख रहेका सहप्रशासक सहदेव चौधरीले बताए। उनीहरूलाई प्रधानमन्त्री दाहालले दीक्षित गराएका हुन्।

कृषिमा ५६८, पशु चिकित्सा ४७ मत्स्य विज्ञानमा २६ र वन विज्ञानमा १५७ जनाले स्नातक गरेका छन्। त्यस्तै कृषिमा १२३ भेटेरीनरी विज्ञानमा ३६, पशु विज्ञानमा २०, मत्स्य विज्ञानमा १३ जना र वन विज्ञानमा ६० जनाले ले स्नातकोत्तर गरेका छन्। कषि संकायअन्तर्गत कृषिमा ९ र वन विज्ञानमा १ जना गरेर ९ जनाले विद्यावारिधी गरेको परिक्षा प्रमुख चौधरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.