बनेपामा शीत भण्डार निर्माण अलपत्र

बनेपामा शीत भण्डार निर्माण अलपत्र

काभ्रेपलाञ्चोक : बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको शीत भण्डार पाँच वर्षदेखि अलपत्र परेको छ। बनेपा नगरपालिका–७ स्थित साझेदार संस्था कृषि बजार मल्टिपर्पोजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माण प्रक्रिया रोकिएको हो। 

बागमती प्रदेश सरकारद्वारा एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असारदेखि तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा शीत भण्डार निर्माणको ठेक्का लगाएको थियो। बनेपामा पहिलो चरणमै ठेक्का लागेको थियो। 

तीन करोड ६४ लाख ५६ हजार आठ सय ३६ रुपैयाँको लागतमा इजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौतासमेत भइसकेको छ। साझेदार संस्था कृषि बजार मल्टिपर्पोजका सञ्चालक छ महिनादेखि सम्पर्कविहीन भएपछि काम अलपत्र परेको हो। 

मौसमी तरकारी र फलफूल खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा शीत भण्डार निर्माणको योजना बनाएको थियो। 

प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माण सुरु हुन नसकेका तथा निर्माण रोकिएका शीत भण्डारका विषयमा आवश्यक छानबिन भइरहेको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न भइसकेका शीत भण्डार सञ्चालनमा ल्याउन कार्यविधि तयार भइसकेको छ।

बागमती प्रदेश सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमार्फत ‘एक जिल्ला–एक शीत भण्डार’ अवधारणा ल्याएको थिए। मन्त्रालयका अनुसार साझेदार संस्थासँगको सहकार्यमा एक वर्षभित्र निर्माण सक्ने गरी प्रदेशको जिल्लामा पहिलो चरणमा आठ, दोस्रो चरणमा दुई र तेस्रो चरणमा दुई शीत भण्डार निर्माणका लागि ठेक्का लगाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.