कर्मचारीको आन्दोलनले संसद् प्रभावित, मागबारे सभामुख र अर्थमन्त्रीबीच छलफल

कर्मचारीको आन्दोलनले संसद् प्रभावित, मागबारे सभामुख र अर्थमन्त्रीबीच छलफल

काठमाडौं : संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख र अर्थमन्त्रीले छलफल गरेका छन्। आज बिहान सभामुख सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच कर्मचारीले राखेका मागबारे  छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।

कर्मचारीको आन्दोलनका कारण संसद बैठक प्रभावित हुन थालेपछि यस अगाडि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँगसमेत छलफल गरेका छन्। महत्त्वपूर्ण छलफल जारी रहेको बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलित छन्। उनीहरुले आफ्ना माग पूरा नभएसम्म कार्यालयसमयबाहेक काम नगर्ने बताउँदै आएका छन्। असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ।

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन्। 

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन्। 

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बुधबार  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएपश्चात कार्यालय समयपछि पनि संसद बैठक जारी रहेको भन्दै बैठकमा सचिवालयका कर्मचारीहरुले सांसदलाई नदेखाइ सभामुखतर्फमात्र देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए। त्यसपश्चात सांसद रामहरी खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका हुन्।

बैठकमा सभामुख घिमिरेले सांसदको मागप्रति ध्यानाकर्षण रहेको जनाउँदै कार्यसूचीमा रहेका विषयलाई हटाउँदै बैठक स्थगित गरे र आज बिहान ११ बजे बोलाइएको हो।

आज प्रश्नोत्तर कार्यक्रमपश्चात मन्त्रीहरुले बजेटमाथिको छलफलमा उठेका मन्त्रालयगत प्रश्नको जवाफ दिनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.