सर्लाहीमा रोकेको लरीमा यात्रीबाहक बस ठोक्किँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते

सर्लाहीमा रोकेको लरीमा यात्रीबाहक बस ठोक्किँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते
सांकेतिक तस्बिर।

सर्लाही : सर्लाहीमा रोकी राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको उक्त सवारी दुर्घटनामा दर्जनौं यात्री घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएको राससमा समाचारमा उल्लेख छ। अस्पताल पुगेलगत्तै चिकित्सकले उनीरुलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए। 

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.