ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ। गाउँपालिकाले वडा नम्बर ५ विहुँ र वडा नम्बर ७ रेशबाट ज्येष्ठ नागरिकहरूको घर दैलोमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको हो। 

गाउँपालिकाले वडा कार्यालय र स्वास्थ्य चौकीसँगको सहकार्यमा ८ वटै वडाका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य शाखाले जनाएको छ।

काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सोमनाथ पाण्डेयले वर्षको दुई पटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको बताए। ‘यस वर्षदेखि ज्येष्ठ नागरिकहरूको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरिसकेका छौं,’ स्वास्थ्य शाखा प्रमुख पाण्डेयले भने,‘आगामी वर्षदेखि वर्षमा दुई पटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गर्ने तयारी गरेका छौं।’

घरदैलोमा पुगेका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको सुगर, प्रेसर, मुटु सम्बन्धी रोगको परीक्षण गर्ने गरेका छन्। ‘गाउँघरमा नसर्ने रोगका बिरामीहरू बढ्दै गएको हामीले ज्येष्ठ नागरिकको सुगर, प्रेसर, मुटु रोग सम्बन्धी परीक्षण गरेका छौं’, प्रमुख पाण्डेयले भने,‘परीक्षणको क्रममा ज्येष्ठ नागरिकहरूलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र समय समयमा परीक्षण गरिरहन सुझाव दिएका छौं।’

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि दीर्घरोगीहरूले नियमित खाँदै आएको औषधि दुई महिनासम्म पुग्ने गरी निःशुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य शाखाले आगामी आर्थिक वर्षदेखि विरामीलाई दुई महिना पुग्ने गरी औषधि निःशुल्क उपलब्ध गराउने तयारी गरेको प्रमुख पाण्डेयले बताए।

काठेखोला गाउँपालिकाले नागरिकहरूलाई स्वास्थ्य प्रति जागरुक बनाउनका लागि टोल टोलमा स्वास्थ्य शिक्षा सहित विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘हामीले नागरिकलाई स्वस्थ रहनुपर्छ भनेर स्वास्थ्य शिक्षा प्रदान गर्दै आएका छौं,’ शाखा प्रमुख पाण्डेयले भने,‘आठ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्वास्थ्य आमा समूह र विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.