सिंघिया खोला किनारमा भेटियो महिलाको शव

सिंघिया खोला किनारमा भेटियो महिलाको शव
सांकेतिक तस्बिर।

विराटनगर : विराटनगर महानगरपालिका–१४ जतुवास्थित सिंघिया खोलाको किनारमा शुक्रबार राति सडेको अवस्थामा महिलाको शव भेटिएको छ। 

मृतकको पहिचान खुल्न सकेको छैन। अन्दाजी ३०/३२ वर्षीयाजस्तो देखिने महिलाको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर दुर्गन्धित भएको अवस्थामा राति ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार अनुहार सडेको र किरा परेको अवस्थामा शव फेला परेका कारण मृत भेटिएकी महिलाको पहिचानमा समस्या भइरहेको छ। 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। वर्षासँगैको बाढीले महिलालाई कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशंका छ। मृतक महिलाको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरेर प्रहरीले यसअघि हराएका महिलाहरुको विवरण संकलन गरिरहेको छ। 

‘महिला हराएको भनेर प्रहरीमा आएका निवेदनहरुको अध्ययन र विश्लेषण गर्ने काम भइरहेको छ,’ डीएसपी बस्नेतले भने, ‘अहिलेसम्म शवको सनाखत गर्न सक्ने कोही फेला परेका छैनन्।’ इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले महिलाको सनाखतको प्रयास गर्दै अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.