संसदका कर्मचारीको आवास, शैक्षिक र खाजा खाना भत्ता बढाउने सहमति

संसदका कर्मचारीको आवास, शैक्षिक र खाजा खाना भत्ता बढाउने सहमति

काठमाडौं : सरकार र आन्दोलरत संसदका कर्मचारीबीच ७ बुँदे सहमति भएको छ। आवास, शैक्षिक र खाजा खाना भत्ता बढाउने गरी कार्यरत कर्मचारीको भत्ता बढाउने गरी दुई पक्षबीच सहमति भएको हो।

राजपत्राङ्कित कर्मचारीहरूको लागि मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीहरूको लागि मासिक ३ हजार साविकको आवास भत्तामा वृद्धि गर्ने सहमति भएको हो। त्यस्तै शैक्षिक भत्तामा मासिक ३ सय र खाजा खाना खर्चमा दैनिक एक सयले वृद्धि गर्ने सहमति भएको छ। खाजाखाना बापतको रकम पनि मासिक रूपमा प्रदान गर्ने सहमति पत्रमा उल्लेख छ।

संघीय संसद सचिवालय कर्मचारीहरूले ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका थिए। कर्मचारीको मागलाई क्रमशः पूरा गर्दै जाने र राजपत्र अनङ्कित पाँचौ श्रेणी श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरू संघीय संसद सेवाबाट अनिवार्य अवकाश हुँदा राजपत्र अनङ्कित तृतीय श्रेणीमा बढुवा हुने कानुनी प्रावधान बमोजिम बढुवा भएका कर्मचारीहरूलाई खाइपाइ आएको तलब नघट्ने गरी अवकाश पश्चातका सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ। 

त्यस्तै संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची वर्षमा पुनरावलोकन गर्ने सहमति समेत भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.