बूढी खोलाले बगाएर मृत्यु हुनेको पहिचान खुल्यो, दुई जना बेपत्ता

बूढी खोलाले बगाएर मृत्यु हुनेको पहिचान खुल्यो, दुई जना बेपत्ता

विराटनगर : मोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढी खोलाले बगाएर मृत्यु हुने युवतीको पहिचान खुलेको छ। खोलाले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की २२ वर्षीया फुदनी भनिने प्रेमकला चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार खोलाले प्रेमकलासहित ४ जनालाई दिउँसो १२:१० बजेतिर बगाएको थियो। खोलाले बगाएका एक जना वृद्धासहित २ जना बेपत्ता छन्। १ जनाको सकुशल उद्धार गरिएको छ। 

प्रेमकलालाई भने मृत फेला पारिएको जानकारी बस्नेतले दिए। उनका अनुसार सुन्दरहरैँचा–४ बाट पश्चिमतर्फ सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित खोला किनारमा उनको शव फेला परेको हो। खोलाले बगाएर सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी बेपत्ता छन्। 

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। खोलाले बगाउनसाथ सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गरिएको थियो। स्थानीय बासिन्दाको सहयोगमा अस्थायी प्रहरी पोस्ट बलियाले स्वस्तिकाको सकुशल उद्धार गरेको डीएसपी बस्नेतले बताए। 

सोमबार रातिदेखि निरन्तर वर्षा भएसँगै बूढी खोलामा बाढी आएको छ। पानीको बहाव उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलालाई गएका थिए। असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई सुन्दरहरैँचा–५ गौशालाबाट खोलाले बगाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.