गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ को लोमान्थाङमा नेपाली सेनाले निर्माण गरेको हेलिप्याड मंगलबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा जोमसोम स्थित नारायण दल गणले लोमान्थाङमा नागरिक मैत्री हेलिप्याड निर्माण गरेको हो।
नेपाली सेनाको नागरिक सैनिक समन्वय कार्यक्रम अन्तर्गत निर्माण गरिएको हेलिप्याडका लागि लोमान्थाङ गाउँपालिकाले आर्थिक व्यवस्थापन गरेको थियो। सेनाको नारायण दल गण जोमसोमबाट प्राविधिक तथा जनशक्ति व्यवस्थापन गरी उपल्लो मुस्ताङको लोमान्थाङ-५ मा हेलिप्याण्ड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए।
नेपाली सेनाको नारायण दल गण जोमसामका गणपति प्रमुख सेनानी लेखनाथ कटुवालद्वारा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङलाई एक कार्यक्रमका बीच हेलिप्याण्ड हस्तान्तरण भएको गाउँपालिकाले जनाएको छ।