पहिरोले स्वर्गद्धारी सडक अवरुद्ध

पहिरोले स्वर्गद्धारी सडक अवरुद्ध
रुमालेस्थित भिंगृ स्वर्गद्धारी सडक।
सुन्नुहोस्

बुटवल : प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी मन्दिर पुग्ने सडक पहिरोले अवरुद्ध भएको छ। लगातार परिरहेको वर्षातले स्वर्गद्धारी आश्रम नजिकै रुमालेमा निर्माणधिन अवस्थामा रहेको कालोपत्रे सडकमा पहिरोले क्षति पुर्‍याएको छ। 

माथिबाट आएको पहिरोले नाली थुनिदा स्तरोन्नतिसहित कालोपत्रे गर्न थालिएको सडकमा क्षति भएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर चन्द्र शाहले जानकारी दिए। 
सडक भासिएपछि त्रासले सवारीसाधनहरु चलेका छैनन्। निरन्तर पानी परेपछि सडक मर्मत गर्न समस्या परिरहेको शाहले बताए। कार्यालयमार्फत कालोपत्रे सडक स्तरोन्नती गर्नका लागि ४० लाखमा इफिसेन्ट कन्ट्रक्सन दाङले निर्माणको जिम्मा लिएको थियो। 

पहिरोले सडक भासिएपछि करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको बरिष्ठ इन्जिनियर शाहले जानकारी दिए। ‘पानी नरोकिदासम्म सडक मर्मतको काम सूचारु गर्न गाह्रो छ’,शाहले भने,‘५० मिटर जतिमा क्षति पुगेको छ। नाली थुनिएका छन्।’ भासिएपछि कालोपत्र सडक चिराचिरा भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.